मिलन हुन्नन् नदीका ती बगर मन पराएँ
साथमा पनि एक्लिने ती सफर मन पराएँ
ठेगान छैन प्रहारले कति घाउ लाग्लान्
निर्मम चिर्ने धारिला ती नजर मन पराएँ
अधर हेर्दै चुमु लाग्ने कस्तो क्रुर निशा
नियत समेत बदल्ने ती असर मन पराएँ
जमिन छोडी उडेका छन् झुटो पंख हाली
झर्छन आफैं नपुग्ने ती रहर मन पराएँ
हजार काँढा गुलाब यौटा फेरि कस्तो मोह
घोचाई भोगी दुखेका ती भ्रमर मन पराएँ
कोशिस जारी चारैकुना ओगटेर बस्ने
दिलमा ठाउँ छैन रे ती खबर मन पराएँ
कम्पन बिर्सी मुटु उतै हत्ते हाली बस्दा
हरेक प्राण वायुका ती अभर मन पराएँ
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : जुन ३, २०११, दक्षिण कोरिया
6/4/11
गजल: सञ्जालसरी सम्बन्धको जमातमा एक्लो छु म- अनुराग 'अनुरागी मन'
सञ्जालसरी सम्बन्धको जमातमा एक्लो छु म
हाँसीदिए सबै हाँस्छन् आघातमा एक्लो छु म
स्वप्नील दुनियाँ त आहा ! कति रमाइलो
बिडम्बना ! नब्युँझिंदै प्रभातमा एक्लो छु म
मेरो को छ ? सोच्नु पर्छ खै कोतिर इंगित गरुँ ?
आफ्नो भनी दाबी गर्ने औकातमा एक्लो छु म
यौवनको मीठो सगुन हजारौं छन् लिनेदिने
यता आफ्नै जवानीको सौगातमा एक्लो छु म
एक्लोपनको आगो लाग्दा तातो आँशु खस्दछ नै
टीठलाग्दो यो दृश्यको हालातमा एक्लो छु म
एकै निमेष काट्न पनि मुश्किल छ साथी बिना
लाग्छ सिङ्गो जिन्दगीकै मौज्दातमा एक्लो छु म
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : मे २४, २०११, दक्षिण कोरिया

गजल: प्रिती फुल्दा बटुलेको मह पोखियो- अनुराग 'अनुरागी मन'
प्रिती फुल्दा बटुलेको मह पोखियो
मीठो इच्छा भरिएको दह पोखियो
थोपा थोपा जोहो गरी फेरि पोखिंदा
निख्रीएर खुशीसँगै बह पोखियो
मन थेग्ने धैर्यताले भर नदिंदा
भक्कानोको मूल फुटी गह पोखियो
रात पनि ओभाएन शीत सरि भै
आँशुमाथि जुनेलीको टह पोखियो
खिन्नतामा कहाँ खोज्नु हाँस्ने बहाना
मुस्काएको सुहाउने सह पोखियो
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : ........ २०११, दक्षिण कोरिया

गजल: प्रतिपल ममता बर्षाईरहने आमा कहाँ पाउँला- अनुराग "अनुरागी मन"
प्रतिपल ममता बर्षाईरहने आमा कहाँ पाउँला
वात्सल्य आभाष दिलाईरहने आमा कहाँ पाउँला
तातेमा रमाएँ सहजै हुर्किएँ अब भएँ पर्देशी
यो गाह्रो बाटोमा समाईरहने आमा कहाँ पाउँला
घुर्कीले सन्किन्थें नखाई बस्दिन्थें आज भोक था'पाएँ
लाड र प्यारले खुवाईरहने आमा कहाँ पाउँला
मुसुक्क हाँसेर छातीमा टाँसेर मेरा सबै रिसानी
अमृत वाणीले फकाईरहने आमा कहाँ पाउँला
रातमा झस्किंदा अनिदो रहँदा मीठो लोरी गाउँदै
काखैमा निदरी बोलाईरहने आमा कहाँ पाउँला
अचेल भिन्न छु न्यास्रोले खिन्न छु आँशु फुल्न खोज्दैछ
म रुँदा नरुँदै हँसाईरहने आमा कहाँ पाउँला
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : मे २, २०११, दक्षिण कोरिया
(यो गजल मे ३, २०११ - मातातीर्थ औंशी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर लेखिएको गजल हो)

गजल: मैले मरिहत्ते गर्दा उ बेलामा भाउ खोज्ने- अनुराग "अनुरागी मन"
मैले मरिहत्ते गर्दा उ बेलामा भाउ खोज्ने ?
मेरै मन दुखाउन चरम घाती दाउ खोज्ने ?
आँखै चिम्ली चोटहरु कति दियौ हेक्का छैन
आज आइ सुम्सुम्याइ त्यै पुराना घाउ खोज्ने ?
प्रेमपत्र सँगसँगै हृदय नै धुजा पार्यौ
तिनै मर्म फेरि जोड्न टुक्रिएका ताउ खोज्ने ?
सजिलोमा पछि पारी स्वार्थ बोकी अघि लाग्यौ
डुब्ने भान हुँदा मात्रै सहाराको नाउ खोज्ने ?
मेरो हृदयमा सधैँ तिम्रो उच्च बास थियो
हिजो शीर लत्याएर आज तुच्छ पाउ खोज्ने ?
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : .......... २०११, दक्षिण कोरिया

गैर-मुसलसल हास्य गजल: गाउँले ठिटो शहर पस्यो- अनुराग 'अनुरागी मन'
गाउँले ठिटो शहर पस्यो गाडी देख्दा फुरुंगै
तरुनीका पिडौला र नाडी देख्दा फुरुंगै
पिसाब च्यापी रन्थनिदै भिडमा हिंड्ने बटुवा
अलि पर एकान्तमा झाडी देख्दा फुरुंगै
गोठ सारी बेंसी झारी खेती खेप्या राँगोले
फर्केको दिन गोठभित्र पाडी देख्दा फुरुंगै
लोग्ने स्वास्नीको झगडा परालकै आगो हो
भोलिपल्ट नयाँ झिल्के साडी देख्दा फुरुंगै
पैलो चोटी ससुराली जाँदा खेरि लफंगो
साली ज्यूले ओछ्याएको राडी देख्दा फुरुंगै
दिनभरी काम छैन जुम्रा हेर्ने बुहारी
सासूज्यूको टाउकामा ढाडी देख्दा फुरुंगै
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : एप्रिल ६, २०११, दक्षिण कोरिया

गजल: कहिले त एकोहोरो बिरहमा लेख्छु गजल:: अनुराग-अनुरागी मन
कहिले त एकोहोरो बिरहमा लेख्छु गजल
कति कुरा आनन्दका संग्रहमा लेख्छु गजल
कठै भन्ने को नै छ र ? अनि व्यथा देखाउनु
नदुखे झैँ बरु खुशी सरहमा लेख्छु गजल
गुम्साएरै राख्छु शब्द मनै त हो कहाँ मान्छ ?
बाध्य हुन्छु भावनाको आग्रहमा लेख्छु गजल
एकै ढिक्को पार्छु अनि छताछुल्ल बनाउँछु,
उही मर्म समास र बिग्रहमा लेख्छु गजल
कल्पिन्न म मीठामीठा सोचे जस्तो हुन्न नि त
जे जे भोग्दै जान्छु सोही तरहमा लेख्छु गजल
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : एप्रिल ६, २०११, दक्षिण कोरिया
कति कुरा आनन्दका संग्रहमा लेख्छु गजल
कठै भन्ने को नै छ र ? अनि व्यथा देखाउनु
नदुखे झैँ बरु खुशी सरहमा लेख्छु गजल
गुम्साएरै राख्छु शब्द मनै त हो कहाँ मान्छ ?
बाध्य हुन्छु भावनाको आग्रहमा लेख्छु गजल
एकै ढिक्को पार्छु अनि छताछुल्ल बनाउँछु,
उही मर्म समास र बिग्रहमा लेख्छु गजल
कल्पिन्न म मीठामीठा सोचे जस्तो हुन्न नि त
जे जे भोग्दै जान्छु सोही तरहमा लेख्छु गजल
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : एप्रिल ६, २०११, दक्षिण कोरिया
गजल: पिरतीको हिसाबमा हल निकाल्दै छु- अनुराग 'अनुरागी मन
पिरतीको हिसाबमा हल निकाल्दै छु
मिलाउन न्वारनको बल निकाल्दै छु
न त तिमी भुल्छौ म झन् किन भुलुंला र
जिन्दगीको स्मरणीय पल निकाल्दै छु
चाप राप उच्च हुँदा इन्द्रीयले भर छोडे
आफैंलाई पगालेर भल निकाल्दै छु
आँखा चिम्म गर बरु परेको म बेहोरुंला
सृस्टि थेग्ने जीवनरुपी जल निकाल्दै छु
बिराएको हुँदै हैन फेरि किन डराउनु
चोखो पिरतीको प्रतिफल निकाल्दै छु
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : एप्रिल ४, २०११, दक्षिण कोरिया

गजल- मुटुलाई माया गर्ने काम दिउँ आज- 'घायलको तरही मुसायरा भाग-८': अनुराग- अनुरागी मन
यो पबित्र सम्बन्धको, नाम दिउँ आज
युगल जोडी नयाँ सीता, राम दिउँ आज
ओझेलमा कति पार्नु, पिरतीको मुना
फक्रिएर फुलाउने, घाम दिउँ आज
पलाउने ओइलाउने, चक्र भन्दा पर
सदाबहार बास्ना छर्ने, याम दिउँ आज
उत्सव नै किन कुर्नु, प्रेमभाव पोख्न
सधैँ श्रद्धा चढाउने, धाम दिउँ आज
अनुरागी मनको मूल्य, लेखाजोखा छोडी
नकिनिने नबेचिने, दाम दिउँ आज
अंगअंग प्राण भर्ने, नित्य कम्पनसँगै
मुटुलाई माया गर्ने काम दिउँ आज
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : ......... २०११, दक्षिण कोरिया
(यो गजल 'घायलको तरही मुसायरा-८' अन्तर्गत 'मुटुलाई माया गर्ने काम दिउँ आज' भन्ने मिसराको तरहलाई आधार बनाएर लेखिएको गजल हो !)

गजल- तोडी गयौ बाचा सबै- 'घायलको तरही मुसायरा भाग-७': अनुराग- अनुरागी मन
गोडी गयौ फेदै काटी, नसुकेको डाली छैन
छोडी गयौ रद्दी सम्झी, मिल्काउने नाली छैन
दुई पात यौटा फूल, स्याहारेर बस्छु भनी
तोडी गयौ बाचा सबै, बगैचामा माली छैन
साहसिलो बनाएर, तिमी ममा जीत भर्थ्यौ
फोडी गयौ उत्प्रेरणा, हौसलाको ताली छैन
सोझो लान्छु तिमीसँगै, भन्दै थियौ मेरो बाटो
मोडी गयौ जहाँ हिंड्न, फराकिलो आली छैन
सुम्सुम्याई हेर्ने गर्छु, मसँगको तिम्रो नाता
जोडी गयौ दर्दसंगै, कुनै अंग खाली छैन
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : ......... २०११, दक्षिण कोरिया
(यो गजल घायलको तरही मुसायरा भाग-७ अन्तर्गत "तोडी गयौ बाचा सबै बगैंचामा माली छैन' भन्ने मिसराको तरहलाई आधार बनाएर लेखिएको गजल हो !)

गजल: चोटको पीडा गहिरो कति नापेर सकिन- अनुराग 'अनुरागी मन'
चोटको पीडा गहिरो कति नापेर सकिन
बगेका सारा अश्रुका धारा थापेर सकिन
देखिन्छ जसै भित्रको बिम्ब बाहिर दुरुस्तै
बेदना छोप्न हाँसोका पत्र खापेर सकिन
न्यानोमा थियो प्रेमको तृण उम्रिंदा शुरुमा
हुर्किंदै जाँदा आगो भै'दियो तापेर सकिन
दीगन्त बन्ला लेखान्त मेरो प्रेमको नमूना
भ्रममा फस्यो अभागी मसी छापेर सकिन
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : जनवरी १५, २०११, दक्षिण कोरिया

गजल: चाल पाएँ मेरो लागि- अनुराग 'अनुरागी मन'
चाल पाएँ मेरो लागि, तिम्रो दिलमा बासै छैन
मोह भङ्ग भयो तिम्रो, लाग्छ ममा चासै छैन
हावादारी चिप्लो बोलि, लहनाको बिच परि
बतासियौ बेग मारी, फर्की आउने आशै छैन
मौन बस्छन ओठ पनि, रित्तो अझै मस्तिष्क भो
जसोतसो बोलि फुट्ला, बुझ्ने खालको भाषै छैन
साथ हुँदा जति जिएँ, तिम्रो मीठो स्वास साटी
आजकल त पलपलको, प्राण भर्ने सासै छैन
जन्ममृत्यु हातमा छैन, दैब इच्छा बाँचे पनि
तिमीबिना यो जिन्दगि, जिउने इच्छा खासै छैन
चाल पाएँ मेरो लागि, तिम्रो दिलमा बासै छैन
मोह भङ्ग भयो तिम्रो, लाग्छ ममा चासै छैन
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : नोभेम्बर २५, २०१०, दक्षिण कोरिया

गजल: तिमी हाँस न भन्छ्यौ- अनुराग 'अनुरागी मन'
तिमी हाँस न भन्छ्यौ, खै हाँस्ने कसरी ?
माया गाँस्न चाहन्छौ, खै गाँस्ने कसरी ?
मैले मायामा धेरै, धोका देखेको छु,
नियत ठिक छ छैन, खै जाँच्ने कसरी ?
प्रीति फक्रेर फुल्न, विश्वास चाहिन्छ,
तर शंकाको बीउलाई, खै मास्ने कसरी ?
अति गाढा सम्बन्ध, टुटेका पनि छन्,
युगौं नछुट्ने गरि, खै टाँस्ने कसरी ?
दिल जोडे नि गाह्रो, नजोडे झन साह्रो,
यो दोधारमा जीवन, खै बाँच्ने कसरी ?
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : नोभेम्बर २०, २०१०, दक्षिण कोरिया

गजल: कुरा तिम्रा ठिकै लागे : अनुराग- अनुरागी मन
कुरा तिम्रा ठिकै लागे, सहमति जनाउँला न !
चित्त अलि नबुझेमा, बरु टाउको कनाउँला न !
बेग्लाबेग्लै बाटो हुँदै, एकै ठाउँमा जोडीएछौँ
अब हात समाइ हिड्ने, बाटो एउटै बनाउँला न !
सानोतिनो भुल हुँदा, लायौ भने घुर्की पनि
आफ्नो कान आँफैं समाइ, तिमीलाई मनाउँला न !
कति खोज्छौ प्रेम मात, तनले मनले तृप्त हुन
अंग अंग खोजी गरी, मधुरस खनाउँला न !
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : नोभेम्बर ३, २०१०, दक्षिण कोरिया

नेपाली गजल: मिर्मिरेको उषा तिमी : अनुराग-अनुरागी मन
मिर्मिरेको उषा तिमी, हेर्न पाउँ जुनिभरी
तिम्रै नामको मीठो स्वास, फेर्न पाउँ जुनिभरी
बटुलेर सुन्दरताका, उपमा छन् जति पनि
हृदयमा तिम्रै तस्वीर, केर्न पाउँ जुनिभरी
नौलो मीठो सम्बन्धको, दुरी सबै पन्छाएर
मेरै नजर दायरामा, घेर्न पाउँ जुनिभरी
आत्मियता रहिरहे, समीपैमा सजाएर
स्नेहले आलिङ्गनमा, बेर्न पाउँ जुनिभरी
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : नोभेम्बर ३, २०१०, दक्षिण कोरिया
(मेरो गजल जीवनको पहिलो सिर्जना हो यो ! पहिलोपल्ट प्रणय सम्बन्धमा बाँधिंदा विशेष उनको निम्ती लेखेको थिएँ)

Subscribe to:
Comments (Atom)