गाउँले ठिटो शहर पस्यो गाडी देख्दा फुरुंगै
तरुनीका पिडौला र नाडी देख्दा फुरुंगै
पिसाब च्यापी रन्थनिदै भिडमा हिंड्ने बटुवा
अलि पर एकान्तमा झाडी देख्दा फुरुंगै
गोठ सारी बेंसी झारी खेती खेप्या राँगोले
फर्केको दिन गोठभित्र पाडी देख्दा फुरुंगै
लोग्ने स्वास्नीको झगडा परालकै आगो हो
भोलिपल्ट नयाँ झिल्के साडी देख्दा फुरुंगै
पैलो चोटी ससुराली जाँदा खेरि लफंगो
साली ज्यूले ओछ्याएको राडी देख्दा फुरुंगै
दिनभरी काम छैन जुम्रा हेर्ने बुहारी
सासूज्यूको टाउकामा ढाडी देख्दा फुरुंगै
रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : एप्रिल ६, २०११, दक्षिण कोरिया
No comments:
Post a Comment