6/4/11

गजल: पिरतीको हिसाबमा हल निकाल्दै छु- अनुराग 'अनुरागी मन

पिरतीको हिसाबमा हल निकाल्दै छु
मिलाउन न्वारनको बल निकाल्दै छु

न त तिमी भुल्छौ म झन् किन भुलुंला र
जिन्दगीको स्मरणीय पल निकाल्दै छु

चाप राप उच्च हुँदा इन्द्रीयले भर छोडे
आफैंलाई पगालेर भल निकाल्दै छु

आँखा चिम्म गर बरु परेको म बेहोरुंला
सृस्टि थेग्ने जीवनरुपी जल निकाल्दै छु

बिराएको हुँदै हैन फेरि किन डराउनु
चोखो पिरतीको प्रतिफल निकाल्दै छु


रचना: अनुराग 'अनुरागी मन'
रचना मिति : एप्रिल ४, २०११, दक्षिण कोरिया

No comments:

Post a Comment